घटना-दुर्घटना

ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

इकागज |
जेठ १९, २०८१ शनिबार ११:३ बजे

काठमाडौँ - ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोकिएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ । 

महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले इकागजलाई जानकारी दिए ।


गए राति बा ५६ प ५०६५ को स्कुटर चालक काठमाडौँ घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको किस्ट अस्पतालमा र बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल चालक खोटाङ साकेला घर भई लुभुमा बस्ने वर्ष २६ का लोकेश राईको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । 

राति भएको दुर्घटनापछि अस्पताल पुर्‍याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो । 


Author

थप समाचार
x