घटना-दुर्घटना

मामाको छोराले चिर्पट प्रहार गर्दा फूपुको छोराको मृत्यु

इकागज |
असार ५, २०८१ बुधबार १८:५२ बजे

सांकेतिक फोटो

 सिरहा -  सिरहामा मामाको छोराले चिर्पट प्रहार गर्दा फूपुको छोराको मृत्यु भएको छ। गोलवजार नगरपालिका १० धर्मपुरका २८ वर्षीय फेकु भन्ने संजय सदाले आफ्नै फूपुको छोरा ४० वर्षीय गेनी सदायमाथि सामान्य विवादमा चिर्पट प्रहार गर्दा मृत्यु भएको हो । 

गएराति करिब १० बजे खाना खाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो। विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भीर घाइते दाई गेनीको उपचारको क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलवजारका प्रमुख इन्सपेक्टर सुनिल कार्कीले जानकारी दिए । ​


सामान्य विवादबाट सुरु भएको झगडा मदिरा पिएर मातेकाका कारण चिर्पट हानाहानमा पुगेको  थियो। घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना राति नै भएपनि प्रहरीले बिहान पाँच बजेमात्र जानकारी पाएको थियो।

जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागी गोलवजारस्थित अस्पतालमा ल्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी भनाइ छ । घटना स्थल मुचुल्का उठाउने कार्य भइरहेको र शवलाई पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x