नेकपा एमाले १०औँ महाधिवेशन

महासचिवमा शंकर पोखरेल सर्वसम्मत

इकागज |
मंसिर १३, २०७८ सोमबार ११:१० बजे

चितवन- नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेद्‌वारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।  


निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।


Author

थप समाचार
x