नेकपा एमाले १०औँ महाधिवेशन

एमाले केन्द्रीय कमिटीमा दाङको दबदबा, उपाध्यक्षदेखि सदस्यसम्म

इकागज |
मंसिर १३, २०७८ सोमबार ११:५५ बजे

दाङ - नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा दाङबाट उपाध्यक्ष, महासचिवसहित १० जना समेटिएका छन् । 

बन्दसत्रमा केपी ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेसँगै केन्द्रीय सदस्य सार्वजनिक भएका हुन् ।


जसमा दाङबाट एमालेको केन्द्रीय कमिटीमा उपाध्यक्ष, महासचिव र केन्द्रीय सदस्यमा नौ जना परेका छन् ।

सर्वसहमतिका लागि पेस गरिएको केन्द्रीय कमिटीको सूचीमा पार्टीको उपाध्यक्षमा युवराज ज्ञवाली, महासचिवमा शंकर पोख्रेल र केन्द्रीय सदस्यमा नरुलाल चौधरी, सुजिता शाक्य, मेनका पोख्रेल, शान्ता चौधरी, घनश्याम पाण्डे, कोमल वली, गंगा चौधरी, सीता सिग्देल न्यौपाने र साजिदा सिद्धिकीको नाम परेको छ । यद्यपि महाधिवेशनले औपचारिक रूपमा अनुमोदन गरी घोषणा गर्न बाँकी छ । 


Author

थप समाचार
x