नेकपा एमाले १०औँ महाधिवेशन

एमाले महाधिवेशन

मतगणना सुरु, २ घण्टामा परिणाम

इकागज |
मंसिर १४, २०७८ मंगलबार १३:२ बजे

चितवन - सौराहमा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेबाट मतगणना सुरु भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना सुरु गरिएकाे जानकारी दिए । 

 दाहालले दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना सुरु गरेकाे दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । 


महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेका उनले बताए । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । 
महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो ।  निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताइ । 

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो । रासस


Author

थप समाचार
x