प्रवास

गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशीघ्र सम्बोधन गर्छौंः प्रधानमन्त्री देउवा

इकागज |
असार २, २०७९ बिहीबार १९:१९ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । 

गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । 


‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ । यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोन गरिने कुरा मा आश्‍वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने ।

सम्बोधनका क्रममा उनले प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पुँजी नेपालको विकासमा लगाउन आव्हान गरेका थिए । 

‘तपाईँहरुले विदेशमा थुप्रै विकास देख्नुभएको छ । आउनोस् हातेमालो गरौं, नेपाललाई हाम्रो जिवनमा एउटा सभ्य विकसित मुलुक बनाई छोडौं,’ प्रधानमन्त्री देउवाले भने ।  


Author

थप समाचार
x