प्रवास

राजदूत सुवेदीद्वारा जापानी सम्राट नारुहितोसमक्ष ओहोदाको प्रमाणपत्र पेस

इकागज |
कात्तिक २२, २०७९ मंगलबार १०:४० बजे

जापान- जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापानी सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राजदूत डा. सुवेदीले टोकियोको इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

आफ्नो ओहोदाको प्रमाणपत्रमा राजदूत डा. सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट सम्राट नारुहितोको सु-स्वास्थ्य तथा जापानी जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभकामनासमेत दिए ।


ओहदाको प्रमाणपत्र लिँदै सम्राट नारुहितोले सुवेदीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने आशा राखेको नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत डा. सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक आर्थिक विकासमा जापानले सधै सहयोग गरिरहेकोमा जापान सरकार र जापानी जनताप्रति आभार प्रकट गरेको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।


Author

थप समाचार
x