प्रवास

माल्टाको राजधानीमा झल्कियो मिनी नेपाल

इकागज |
बैशाख ५, २०८० मंगलबार १२:२८ बजे

माल्टा- नेपाली नयाँ वर्षको अवसर पारेर नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनको आयोजनामा माल्टामा मिनी नेपाल झल्किएको छ । कार्यक्रमलाई नेपाली दूतावास लण्डन , स्पेन , नेपाल टुरिजम बोर्ड र कोस्टाइज किलिएर फाउण्डेशनको सहयोग रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश भण्डारीको सभापतित्वमा सुचारु भएको थियो । कार्यक्रमको संयोजक रेम्स खनाले गरेका थिए । कार्यक्रमको उदेश्य हाम्रो देश नेपाल बहुजाति, बहु धार्मिक, बहु साँस्कृतिक अनि विविध भाषा , भेषभुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकासको प्रमुख आधार पर्यटन नै भएको र माल्टिजलगायत अन्य पर्यटकलाई नेपाल र नेपाल चिनाउने उदेश्य थियो ।


निदारमा टिका, ढाकाको टोपी र खुकुरीसहित नेपाली कला देख्न पाउँदा खुसी भएको प्रमुख अतिथि रुपमा माल्टाको अपोजिसन लिडर वेर्नाड गेर्चले बताए । नेपाली समुदायलाई माल्टिज सोसाइटीले निकै अबब्ल समुदायको रुपमा हेरेको जिकिर गरेका थिए ।

यस्तै कार्यक्रममा सगरमाथा पुगेको जुत्ता, झोला र माल्टिज झण्डासहित आएका मार्को कार्मोनाले नेपाल र नेपालीको खुलेर प्रशंसा गरेका थिए । उनी सगरमाथा आरोहण गर्ने पहिलो माल्टिज हुन उनको टोलीमा तीन जनाले सगरमाथाको चुचुरो चुमेका थिए ।

सगरमाथाको चुचुरोमा पुगेको झण्डा देख्‍न पाउँदा नेपालीहरू निकै खुसी भएको संस्थाको उपसंयोजक शर्मिला बस्नेतले बताइन् ।

कार्यक्रममा कोस्टाइज किल्यर फाउण्डेशनका मार्क गले पाचले सगरमाथा बेस क्यापमा गरेको किल्लिनिग क्याम्पेनकोबारेमा चर्चा गरेका थिए । उनले नेपाली समुदायको करुणा र दयालु रहेको बताएका थिए ।

कार्यक्रमा एनआरएन अध्यक्ष भुवन अर्यालले शभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा ब्यानरसहित विभिन्‍न भेषभूषा झल्कने गरी नेपाली झण्डासहित करिब १ किमी मार्चपासबाट सुरु भएको थियो ।

त्यसपछि माल्टामा दिवंगत् भएका नेपालीहरूको सम्झनामा मौन धारणा गरिएको थियो ।

कार्यक्रम उद्‌घाटनमा नयाँ शैली अपनाउँदै प्रमुख अतिथिले नेपाली बालबालिकाहरूलाई टिका लगाएर गरिएको थियो ।

नेपाल बुद्धको देश, सगरमाथाको देश, वीर गोर्खालीको देश र प्रकृति देवीकै कोखबाट जन्म लिएको देश भनेर चिनाउन सफल भएको कार्यक्रम सञ्‍चालक सन्देश केसीले बताए ।

माल्टाको सबै नेपाली संघ सस्थाको सहभागीता एंवम सहकार्यमा सम्पन कार्यक्रमा नेपाली र विदेशी दर्शकको उपस्तिथि रहेको थियो । 


Author

थप समाचार
x