पर्यटन

जेन स्पाको १५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्‍न

इकागज |
बैशाख २०, २०८१ बिहीबार ११:१४ बजे

काठमाडौँठमेलस्थित जेन स्पाले आफ्ना ग्राहकलाई विभिन्न आकर्षक छुटसहित १५औं वार्षिकोत्सव मनाएको छ । मे १ को अवसर पारेर स्पाले वार्षिकोत्सवमा ग्राहकहरुलाई आयुर्वेदिक जीवनशैली परामर्श, निःशुल्क अकुपञ्चर सेवा तथा स्पाका विभिन्न सेवाहरूमा आकर्षक छुट गराएर वार्षिकोत्सव मनाएको हो । 

वार्षिकोत्सवमा स्पा संघका पूर्व अध्यक्ष शुभलाल थिङ र जेन स्पाका संस्थापक अध्यक्ष निर श्रेष्ठले एकसाथ उद्घाटन गरेका थिए । वार्षिकोत्सवमा लक्की ड्र मार्फत स्पाका सेवाहरूमा १५ देखि शत प्रतिशत छुट दिएर मनाइएको जेन स्पाका सञ्चालक रामदेव महत्तोले जानकारी दिए ।


उनका अनुसार मे फस्ट अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन सेवा लिन आउने सबै ग्राहकलाई कुपन उपलब्ध गराएर छुट दिएको थियो । कुपनमा उल्लेख गरिए बमोजिम १५ देखि शत प्रतिशत सम्म छुट पाएका थिए ।

वार्षिकोत्सवको दिन सेवा लिन आउने हरेक ग्राहकलाई आयुर्वेदिक डाक्टरहरू बाट आहार र डिटोक्स (शुद्धीकरण) सल्लाहको साथ जीवनशैली परिवर्तन सम्बन्धी निःशुल्क परामर्श प्रदान गरिएको थियो ।

 ठमेलमा अवस्थित जेन स्पा सन् २००९  मे फस्ट अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन सञ्चालनमा आएको थियो । जेन स्पा स्वदेशी तथा विदेशी ग्राहकको सबैभन्दा बढी खोजीमा पर्ने गरेको छ ।

स्पा सेवा २५ औ वर्षदेखि उपचारको क्षेत्रमा काम गरिरहेका प्राविधिकद्वारा सुरु गरिएको हो । यहाँ प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्सा, चाइनिज चिकित्साका उपचार तथा परामर्श सेवाहरू उपलब्ध छन् ।


Author

थप समाचार
x