प्रवास

टोकियोमा बुद्ध जयन्ती : जापानी सांसदले खुलेर गरे नेपाली खाना र सगरमाथाको चर्चा

इकागज |
बैशाख २५, २०८० सोमबार ८:२५ बजे

जापान- २५६७औँ बुद्ध जयन्तीको नेपाली राजदूतावास टोकियोको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ। शनिबार राजधानी टोकियोमा आयोजित औपचारिक कार्यक्रम दिप प्रज्वलन, बौद्ध धर्म मन्त्रोच्चारण,नाचगानसहितको कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रमका प्रमुख अतिथि जापानको प्रतिनिधिसभाका सदस्य हिरागुची हिरोसीले वर्षौं अघि नेपाल पुगेको सम्झना गर्दै नेपाल जापानको संस्कार खाना र आत्मियताको बयान गरेका थिए। हिरोसीले नेपालको सगरमाथा र सुन्दर हिमालको चर्चा गर्दै जापान नेपालबीचको आपसी सद्भावको पनि खुलेर कुरा गरे ।


कार्यक्रममा स्वागत मन्त्व्य राख्दै जापानका लागी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल र जापान सम्बन्धको कुरासँगै विश्वमा हिजोभन्दा आज भगवान् गौतम बुद्धका उपदेश सान्दर्भिक सार्थक बन्दै गएको बताए। 

साथै शान्तिका दूत भगवान जन्मेको देशका हामी नेपाली पनि शान्ति, अहिंसा, मानवताका वाणी मनन गर्दै शान्तिको अस्तित्व कायम राख्न प्रयास गर्न अनुरोध समेत गरे ।

कार्यक्रममा प्रोफेसर सुदन शाक्यले बौद्ध धर्मबारेको सामग्रीसमेत देखाएका थिए। जापानी नागरिक युको ओकामोतोले बौद्ध धर्म अन्तर्गतको नेवार समुदायमा नाचिने चर्या नाँच पनि प्रस्तुत गरेकी थिइन्। नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख अम्बिका जोशी र यशोदा बस्नेतले कार्यक्रम सञ्‍चालन गरेका थिए । कार्यक्रममा जापानी र नेपालीहरूको बाक्लो सहभागीता रहेको थियो।


Author

थप समाचार
x