प्रवास

एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे निर्वाचित

इकागज |
साउन १५, २०८० सोमबार ७:३८ बजे

जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नवीन निउरे विजयी भएका छन्। 

सन् २०२३-२०२५ कार्यकालका लागि आइतबार जापानमा भएको अनलाईन निर्वाचनबाट निउरे विजयी भएका हुन्। निर्वाचन समितिका अनुसार निउरेले दुई हजार नाै सय ५५ मत प्राप्त गरी विजयी भएका थिए भने अध्यक्षका अन्य प्रत्यासीहरु संगीता अधिकारीले एक हजार दुई सय२०,रामकृष्ण श्रेष्ठले चार सय ९६ र राजकुमार अधिकारीले सात सय ७७ मत प्राप्त गरेका थिए।


त्यस्तै एनआरएनए जापानको उपाध्यक्ष ४,महिला उपाध्यक्ष १,महासचिव १,सचिव ३,कोषाध्यक्ष १,सहकोषाध्यक्ष १ र सदस्य ८ जना निर्वाचित भएका छन्। 

१ लाख ४० हजार नेपाली रहेको जापानमा ७ हजार १ सय ६८ एनआरएनएको सदस्य छन्। 


Author

थप समाचार
x