प्रवास

एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै महेश श्रेष्ठ, यस्ता छन् ५ रणनीति र २५ योजना

इकागज |
साउन १९, २०८० शुक्रबार १५:४ बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघको नेतृत्वका लागि महेशकुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाका साथ उम्मेदवारी घोषणा गर्दै छन् । '२०२३–०२५' कार्यकालका लागि अगस्टको अन्तिम हप्ता अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबरमा काठमाडौँ हुँदै छ । उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी कुशलता पूर्वक पूरा गरेका श्रेष्ठलाई एनआरएनएहरूले समन्वयात्मक भूमिकामा निभाउन सक्ने नेतृत्वका रूपमा चिन्छन् ।  


श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, नेपालको समृद्धि र विकासमा एनआरएनए, गैर आवासीय नेपाली संघलाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरूलाई एनआरएनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् ।

उनले आफ्ना रणनीतिलाई कार्यान्वयन गर्न २५ वटा  कार्यान्वयन योजना समेत बनाएका छन् । यस्तै आगामी कार्यकालमा पूरा गर्न सक्ने सक्ने गरी योजना उनले समेटेका छन् ।

एनआरएनए अभियन्ता र विभिन्न देशमा रहेका नेपालीहरू माझ श्रेष्ठ समन्वयात्मक भूमिका निर्वाह गर्नेका रूपमा परिचित छन् । एनआरएनएमा नेतृत्वले सबैमा मिलाउन नसक्दा अभियानमै नकारात्मक असर देखिएको थियो । विश्वमा रहेका नेपालीलाई विभाजन भन्दा जोड्ने प्रयत्नका लागि अध्यक्षमा उम्मेदवारी दाबी गर्न लागेको उनले बताए ।  

विश्वका विभिन्न ठाउँमा छरिएका पुराना र नयाँ सबै एनआरएनएलाई जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन् । ‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघि बढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठ भन्छन्, ‘गफ लगाउनेमा विश्वास गर्दैन परिणाममुखी काम गर्नुपर्छ ।’

कायचु युर्निभर्सिटी टोकियोमा पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भए सफल नेतृत्व गरिसकेका छन् । २०१९–०२१ मा कोषाध्यक्ष हुँदा एनआरएनएलाई संस्थागत विकास गर्नका लागि ठूलो भूमिका निभाएका छन् ।

ग्लोबल युर्निभर्सिटी जापानबाट एमबीए गरेका उनी कोषाध्यक्ष हुँदा एनआरएनएको फाइनान्सियल सिस्टम भद्रगोल रहेको थियो । २०० बढी बेरुजुका चाङ रहेका थिए । टेन्डर आव्हान गर्नुपर्ने काममा पनि सोझै खरिद गर्दा धेरै बेरुजुलगायतका देखिएका थिए । एनआरएनए घाटामा रहेको थियो । श्रेष्ठले अध्ययन र व्यावसायिक अनुभवले एउटा नियमावली बनाएरै फाइनान्सियल सिस्टम बसालेका छन् ।

आफ्नो व्यवसायमा सफल श्रेष्ठले एनआरएनएमा पनि वार्षिक बजेट ल्याई काम थाले । हरेक ३ महिनामा आन्तरिक अडिट र वार्षिक रूपमा बाह्य अडिट गर्ने सिस्टम बसाल्नमा महत्वपूर्ण भूमिका उनले खेलेका छन् ।

श्रेष्ठको नेपाल र जापानमा थुप्रै कम्पनीमा लगानी रहेको छ । उनी जापानमा सिटी एक्सप्रेस मनि ट्रान्सफरको अध्यक्ष तथा सिइओ, टोनल कम्पनी लिमिटेडको अध्यक्ष र सिइओ, जेएन कृषि कम्पनी लिमिटेड, सिटी ट्राभल एन्ड टुर कम्पनीमा निर्देशक समेत रहेका छन् ।

नेपालमा मनि ट्रान्सफरसहित, ट्राभल, हाइड्रो, पर्यटन, आईटी क्षेत्रमा उनी जोडिएका छन् । श्रेष्ठ सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी टेक, सिटी इन्भेष्टमेन्ट फन्ड प्रालि, हिमालयन पावर पार्टनर, एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि., द क्लिफ प्रा.लिमा प्रमोटर तथा सल्लाहकार पनि हुन्।

उनले नेतृत्व गरिरहँदा एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टम का योजनाकार हुन् । एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई आत्मसाथ गर्दै विश्वभर रहेका नेपालीमा परिरहेका समस्या समाधानमा अग्रसर हुने बाचा गरिरहेका छन् ।

विश्वभरका नेपालीलाई जोड्नेसंगै नेपालमा लगानी, सम्पत्ति सुरक्षा, नागरिकताको समस्या समाधानको नेतृत्व लिन उनले चाहेका छन् ।


Author

थप समाचार
x