प्रवास

फिलिपिन्सको लुजोन टापुमा सेनाको आक्रमणमा पाँच विद्रोहीको मृत्यु

इकागज |
भदौ ५, २०८० मंगलबार ७:४४ बजे

मनिला- फिलिपिन्सको सेनाले लुजोन टापुको बिकोल क्षेत्रमा अघिल्लो हप्ता गरेको दुईवटा छुट्टाछुट्टै  कारबाहीमा पाँच संदिग्ध विद्रोहीलाई मारेको छ।

सेनाले शनिबार दिउँसो करिब २० न्यु पिपुल्स आर्मी (एनपीए) विद्रोहीसँग सो क्षेत्रको टापु प्रान्त मासबेटमा भीडन्त भएको जनाएको छ। गोली हानाहानमा एक जना नेतासहित तीन जनाको मृत्यु भएको बताइएको छ ।


करिब ३० मिनेटको भीडन्तपछि अन्य विद्रोहीहरू भागेको  सेनाले जनाएको छ । सेनाले राइफल, ग्रेनेड लन्चर र विभिन्न गोला बारुद बरामद गरेको जानकारी दिएको छ ।

दोस्रो झडप शनिबार क्यामरिनेस सुर प्रान्तमा भएको थियो जसमा एनपीए उच्च पदस्थ सदस्यको मृत्यु भएको थियो ।

एनपिए  विद्रोहीहरू सन् १९६९ देखि सरकारी सेनाहरूसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रमा आफ्ना आक्रमणहरू केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् । सैन्य तथ्याङ्कले जनाएअनुसार एनपीएमा २,००० सदस्यहरू छन्। (सिन्ह्वा) 


Author

थप समाचार
x