प्रवास

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग प्रधानमन्त्री प्रचण्डले के-के विषयमा गरे कुरा ?

इकागज |
असोज १, २०८० सोमबार १०:१ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उनीहरूबीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । उनले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।



Author

थप समाचार
x