प्रवास

बेल्जियमको राज्य सरकारसँग पहिलो पटक एनआरएनएबारे छलफल

इकागज |
चैत ७, २०८० बुधबार ९:३१ बजे

बेल्जियम- गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले राज्य सरकार समक्ष गैरआवासीय नेपाली संघको विषयमा आफ्ना धारणा राखेकी छन् । ब्रसेल्सस्थित फेलेमिस् राज्य परिषद्‌‌को संघसंस्था विभागद्धारा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघको स्थापना, संरचना, एमआईएस सिस्टम, अनलाइन भोटिङ र उदेश्यबारेमा पहिलो पटक संस्थागत रुपमा राज्य परिषद्‌‌मा आफ्नो प्रस्तुति दिएकी हुन् । 

राज्य परिषद्‌‌को बैठकमा शर्माले संघको अन्तराष्ट्रिय परिषद्‌‌ र राष्ट्रिय परिषद्‌को सम्बन्ध र संस्थागत संरचनाको चर्चा गर्दै संघको स्थापनाको दुई दशकमा नेपालमा लगानी, परोपकार, आप्रवासी नेपालीहरूको पक्षमा विभिन्न काम गर्दै आएको जानकारी गराएकी थिइन् ।


बेल्जियमको फेलेमिस् राज्यमा रहेका एक दर्जन सामाजिक संघसंस्थाहरूको उपस्थिति भएको कार्यक्रममा उनले नेपाली भाषा, संस्कृति र नेपाली समुदायको आवश्यक कार्यक्रम हल, खेल मैदानलगायत उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।

शर्माले संघीय सरकारका कयौँनीति तथा कानूनहरूका कारणले संघसंस्था दर्तामा प्रक्रिया झन्झटिलो भएको भन्दै सहज र सरल बनाउन आग्रह गरिन् । बैठकमा संस्कृति, युवा तथा मिडिया विभागको तर्फबाट डिडियर क्लासेन्सले बेल्जियमस्थित सामाजिक संघसंस्थाको सञ्‍चालन तथा परिचालनको विषयमा जानकारी दिएका थिए । 

पहिलो पटक बेल्जियमस्थित बिभिन्न समुदायका छाता संघसंस्थाबीच  भएको छलफलमा संघसंस्था परिचालन, मिडिया, व्यापार विज्ञ, संस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति थियो ।


Author

थप समाचार
x