Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

प्रवास

जापानको नागोयामा 'नेपाल फेस्टिवल' हुँदै

इकागज |
जेठ १९, २०८१ शनिबार ९:१७ बजे

 काठमाडौँ - जापानको नागोयामा नेपाल फेस्टिवल  हुने भएको छ। नेपाली राजदूतावास टोकियोको  सहयोगमा गैर आवासीय नेपाली संघ (एनआरएन ) जापान नागोया क्षेत्रीय समितिको आयोजनामा जुन ८ र ९ मा फेस्टिवल हुन लागेको हो । आदिवासी जनजाति महासंघ जापान मुख्य सह-आयोजक  एवं नागोयामा अवस्थित विभिन्न सामाजिक संस्थाहरू सहआयोजक को रुपमा रहेका छन्। 

फेस्टिवल आयोजनामा  जाइकालगायत जापानको स्थानीय सरकार आइची प्रिफेक्चर, नागोया नगरपालिका  पनि  सहभागी हुनेछन्। 


गैर आवासीय नेपाली संघ (एनआरएन ) जापान नागोया क्षेत्रीय समितिका उपाध्यक्ष एवं तेस्रो नेपाल फेस्टिवल मूल आयोजक समितिका संयोजक देव घिमिरेका अनुसार यो नेपाल फेस्टिवल जापानमा भएका अन्य नेपाली फेस्टिवल भन्दा पृथक र अहिलेसम्मकै उत्कृष्ट हुनेछ। 

साथै मूल आयोजक समितिका सदस्य एवं फेस्टिवल प्रचारप्रसार समितिका संयोजक विष्णु प्रसाद घिमिरेले यस फेस्टिवलमा कम्तीमा पनि एक जना नेपालीले एक जना जापानी नागरिकलाई सहभागी गराउने अभियान नै चलाइएको जानकारी दिएका छन् । उनले सबैको साथ र सहयोगको लागि अनुरोध गरेका छन्।

फेस्टिवल हुने स्थान: 
आइचिकेन नगोयासी नाकाकु साकाए ३-६५ एडिओन हिसाया हिरोबा


Author

थप समाचार
x