प्रवास

सकियो ‘टोकियो ओलम्पिक २०२०’

संगीता कुँवर |
साउन २५, २०७८ सोमबार ८:३४ बजे

जापान- कोभिड-१९ को त्रासका बिच ‘टोकियो ओलम्पिक २०२०’ आइतबार जापानको टोकियोमा सम्पन्‍न भएको छ । कोभिडको संक्रमणदर बढेपछि आपत्‌काल घोषणा गरेर दर्शकबिना ३२औँ संस्करणको समापन भएको हो । आयोजक जापानले नागरिकले ओलम्पिक सम्पन्‍न गर्न गरेको सहयोग र साथको लागि धन्यवाद दिएको छ ।


अब हुने ३३ औँ संस्करण भने ओलम्पिक फ्रान्सको पेरिसमा सन् २०२४ मा हुनेछ । टोकियो ओलम्पिकमा ३९ स्वर्ण, ४१ रजत र ३३ काँस्य गरी कुल ११३ पदकका साथ अमेरिका तालिकाको शीर्ष स्थानमा रह्यो ।

चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काँस्य गरी ८८ पदक जित्दै दोस्रो बन्यो भने आयोजक जापान २७ स्वर्ण १४ रजत र १७ काँस्य गरी ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । नेपालबाट ४ खेलमा ५ खेलाडी सहभागी थिए । टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व सहभागीतामा मात्रै सिमित रह्यो । पौडीका तर्फबाट गौरिका सिंह  एलेक्जेन्डर शाह (एलेक्स) र  सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरे ।

गत वर्ष नै हुनुपर्ने ‘टोकियो ओलम्पिक २०२०’ कोरोनीको त्रासका कारण १ वर्ष पछाडी सारिएको थियो । आगामी अगस्ट २५- सेप्टेम्बर ६  पारालिम्पिक खेल हुनेछन् । जापानले आयोजना गरेको यो दोस्रो ओलम्पिक हो । यसअघि सन् १९६४ मा एसियामा नै पहिलो पटक टोकियोले १९ औँ ओलम्पिक खेल जापानले आयोजना गरेको थियो ।

 


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x