प्रवास

सरकारले इजरायल जाने कामदारलाई परीक्षा लिन सार्वजनिक गर्‍यो पाठयक्रम

इकागज |
भदौ ७, २०७८ सोमबार १८:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले इजरायल जाने नेपाली कामादारका लागि परीक्षा गर्न सय पूर्णाङ्को पाठयक्रम सार्वजनिक गरेको छ । ८० नम्बरको अंग्रेजीमा भाषा परीक्षा तथा विषयगत प्रश्‍नहरू तथा छनौट गरिने प्रश्‍नोतर सोधिने र २० नम्बरको अन्तर्वाता लिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागकाअनुसार परीक्षार्थीले २ घण्टाको समय पाउने विभागले उल्लेख गरेको छ । भाषा र कामसम्बन्धी २ नम्बर प्राप्‍त हुनेगरी १० प्रश्‍न सोधिने, अंग्रेजी व्याकरण प्रत्येक प्रश्‍न मिलाए बापत २ पाउने गरी २० प्रश्‍न, साधारण केयर गिभरका बारेमा बुझीने २ नम्बर प्राप्‍त हुनेगरी ५ प्रश्‍न र केयर गिभर सम्बन्धी २ नम्बर पाउने गरी पाँच प्रश्‍न सोधिने विभागले जनाएको छ ।



Author

थप समाचार
x