प्रवास

अन्तर्राष्ट्रिय साहित्य समाज जापानको अध्यक्षमा शर्मा

इकागज |
मंसिर १३, २०७८ सोमबार १०:२३ बजे

जापान- अन्तर्राष्ट्रिय साहित्य समाज जापानको अध्यक्षमा रविन शर्मा निर्विरोध निर्वाचित भएका छन् । अनेसास जापान च्याप्टरको १२ औँ अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा अरुण पौडेल,उपाध्यक्षमा आनन्द अधिकारी र सविना रेग्मी त्यस्तै महासचिवमा शरद पोखरेल निर्वाचित भएका हुन् । 

समाजको सचिवमा राजेन्द्र पौडेल, अनिल कुमार निर्दोष सहसचिवमा प्रकृति फुँयाल कोषाध्यक्षमा दीपा घिमिरे लगायतका सदस्यहरू रहेका छन् । टोकियोको सोलमारी मुरा हलमा सम्पन्‌न कार्यक्रममा रचना बाचनसहित साकुरा फूल्दा नारी विशेषांक पुस्तकको बिमोचन पनि गरिएको थियो ।


अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल’माइला’को प्रमुख आथित्यता नेपाली दूतावास जापानका प्रतिनिधि प्रेम बरालको बिशेष आथित्यता रहेको थियो ।


Author

थप समाचार
x