प्रवास

एनआरएनए अध्यक्षमा विनोद कुँवर

इकागज |
चैत १०, २०७८ बिहीबार १०:३८ बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनबाट विनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । होटल याक एण्ड यतिमा जारी महाधिवेशनबाट २०२१-२०२३ कार्यकालको लागि कुँवर अध्यक्ष भएका हुन् ।

उपाध्यक्षमा उमेश पुडासैनी, बाबु राम लामा, थर्क सेन, सुरेन्द्र सिग्देल, महिला उपाध्यक्षमा भोमा लिम्बु चयन भएका छन् । त्यस्तै महासचिवमा बेल्जियमकी जानकी गुरुङ चयन भएकी छन् ।


सचिवमा जुनु गुरुङ, कोषाध्यक्षमा डिलाराम खरेल, अस्ट्रेलियका क्षेत्रीय संयोजकमा केशब कडेल, अमेरिकाका क्षेत्रीय संयोजकमा कृष्ण पोखरेल र युरोप क्षेत्रीय संयोजकमा उल्का घिमिरे चयन भएका छन् ।


Author

थप समाचार
x