प्रवास

नाइजेरियामा प्रर्दशन जारी, सेना तयारी अवस्थामा

इकागज |
असोज ३०, २०७७ शुक्रबार १९:९ बजे

लागोस : पछिल्लो दश दिन भन्दा बढी देखि नाइजेरियामा सरकारविरुद्द प्रर्दशन भइरहेको छ । त्यसकै शिलशिला बिहिबार पनि जारी रह्यो । सयौ संख्यामा प्रर्दशनकारी नाइजेरियाको संसद अगाडी जम्मा भए ।

बिहिबारको प्रर्दशन भन्दा केही घण्टा अगाडी नाइजेरियाको सैन्य नेतृत्वले मुख खोल्यो । आवश्यक परेको खण्डमा आफु अगाडी आउन तयार रहेको उसको सन्देश थियो ।


नाजेरियन सरकारले कोरोनाको संक्रमण रोक्न भन्दै राजधानी अबुजामा प्रर्दशन गर्नलाई निषेध गरेको छ । तर प्रर्दशनकारीले त्यसको उल्लघंन गरे । नाइजेरियाको ब्यापारिक शहर लागोसमा पनि प्रर्दशन जारी नै छ । जहाँ प्रर्दशनकारीहरुको हतियार बोकेका अपरिचित मानिसहरुको जत्थासँग झडप भयो ।  सामाजिक सञ्जालहरुमा भाइरल भएका भिडियोहरुमा हतियारधारी जत्थाले प्रर्दशनकारीहरुलाई लखेटिरहेको देखिन्छ । तर त्यस्ता भिडियोहरुको स्वतन्त्र पुष्टी हुन भने सकेको छैन । 

‘हामीले अत्याधिक पिडा भोगेका छौ । अब हामी सहदैनौ । नाइजेरियाको सम्पुर्ण युवा सरकार र प्रहरीको क्रुरताविरुद्वमा एकजुट छ,’ ओबिना पौल नाम गरेका एक प्रर्दशनकारीले रोयर्टससँग भने ।

लागोस राज्यका गर्भनर बाबाजिडे सान्वो ओलुले प्रर्दशनकारीमाथि हतियारधारी जत्थाको आक्रमणको निन्दा गरेका छन् । उनले टुइट गर्दै भनेका छन्, हतियारधारी समूहको प्रर्दशनकारी माथिको आक्रमण भनेको शहरमा क्रास फैलाउने मनसाय हो ।

यसैबिच लागोस राज्यले प्रहरी दमनबाट पिडित बनेका प्रर्दशनकारीहरुका लागि पाँच लाख पच्चिस हजार पाउन्ड बराबरको अक्षय कोषको घोषणा गरेको छ । नाइजेरियन सरकारले अरु राज्यका गर्भनरहरुलाई पनि सोही किसिमका कोषहरुको स्थापना गर्न निर्देशन दिएको राष्ट्रपति कार्यलयले जनाएको छ । राष्ट्रपति कार्यलयका प्रबक्ताले प्रहरी दमनको छानबिनका लागि सरकारले आयोग पनि बनाउने बताए ।

यता सेनाले विज्ञप्ती जारी गर्दै उ जुनसुकै बेलामा पनि शान्ति ब्यबस्था कायम गर्नका लागि सडकमा आउन तयार भएर बसेको जनाएको छ । 

नाइजेरियामा कयौ दिन देखि प्रहरीको स्पेसल एन्टी रोबरी युनिट (सार्स) ले गैर कानुनी हत्या, कुटपिट तथा पैसा असुली जारी राखेको भन्दै आन्दोलन गरिरहेका छन् । प्रर्दशनकारीहरुले प्रहरीको समग्र सुधारको आवश्यकता रहेको जनाउदै आएका छन् । उनीहरुको प्रर्दशनमा प्रहरीले दिनहु ब्यापक धरपकड र बल प्रयोग गर्ने गरेको छ । जसको विश्वब्यापी आलोचना भइरहेको छ ।

नाएजेरिया प्रहरी प्रमुखले सार्सको बिगठन गरेको घोषणा गरे पनि प्रर्दशन रोकिएको छैन ।  एम्नेस्टी इन्टरन्यासनलका अनुसार अहिले सम्म दश नाइजेरियन प्रर्दशनकारीको मृत्य भइसकेको छ ।  (रोयटर्स)


Author

थप समाचार
x