कृषि

पथरी शनिश्चरेमा देखियो महामारी खोरेत रोग

इकागज |
फागुन २४, २०८० बिहीबार १५:१५ बजे

फाइल तस्बिर

मोरङ- मोरङको पथरी शनिश्चरे-८ मा गाई भैसीमा खोरेत रोगको सक्रमण देखिएको छ । वडा नम्बर ८ को मंगलबारे प्रतीक्षा चौकमा पशुहरूमा यो महामारी खोरेत रोग देखा परेको हो ।

हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुबस्तुको खुर सुनिएर कुहिने, उच्च ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन वडाले सूचना जारी गरेको छ ।


यो रोग देखा परेपछि वडा न ८ का वडाध्यक्ष नविन कार्कीले आजको दिनदेखि रोग निर्मूल नभएसम्म मंगलबारे वरपरका पशुहरूलाई बाहिर नलान सूचना जारी गरेका छन् ।

यो रोगविरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिसकिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।


Author

थप समाचार
x