कृषि

भुक्तानी नपाएसम्म नफर्किने उखु किसानको अडान

इकागज |
पुस ७, २०७७ मंगलबार १७:४ बजे

फाइल फोटो

काठमाडौं :  उखु किसानहरूले आफुहरूले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्‍ने बताएका छन् । उखु किसानहरूले आज (मंगलबार) पनि काठमाडौंको माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् ।

चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरू १० दिन यता माइतीघर मण्डालामा निरन्तर प्रदर्शन गरिरहेका छन् । किसानहरूले चिनी मिल सञ्‍चालकहरूबाट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ । गत वर्षको सरकारले उद्योगीहरूबाट भुक्तानी दिलाउन किसान र उद्योगीबीच सम्झौता गराएपनि उक्त सम्झौता अनुसार भुक्तानी नपाएपछि किसानहरू फेरी काठमाडौंको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन् ।

सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरूलाई कारबाही गर्ने बताएपनि अहिले सम्म कुनैपनि उद्योगीलाई कारबाही गरेको छैन् । किसानहरूले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन् ।



Author

थप समाचार
x