कला

'एनिमल' का निर्देशकलाई कंगनाको सन्देश : म तपाईँकाे फिल्म खेल्दिनँ

इकागज |
माघ २३, २०८० मंगलबार १५:२ बजे

​मुम्बई- बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन् ।​

कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउदिनन् । कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’ को आलोचना गरेकी थिइन् । उनले रणवीर कपुरलाई पनि निशाना बनाएकी थिइन् । कंगनाले फिल्मको आलोचना गरेपछि निर्देशक सन्दीपले उनको टिप्पणीमा ध्यान नदिने बताएका थिए ।


यद्यपि, सन्दीपले हालैको एक अन्तर्वार्तामा कंगनाको तारिफ गर्दै उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । कंगनाले यसको जवाफ दिएकी छिन् । उनले भनिन्,  'उनी सन्दीपसँग काम गर्न चाहँदिनन् ।'

आजभोलि सन्दीप ​'एनिमल' को सफलताको आनन्द लिइरहेका छन् । फिल्मलाई बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा निकै मन पराइएको छ । सबैले तारिफ गरिरहेका छन् । तर, यो फिल्मलाई लिएर धेरै विवादहरू पनि भइरहेका छन् ।​

सन्दीपले कंगनासँग काम गर्ने कुरा गरेपछि अभिनेत्रीले यस्तो प्रतिक्रिया दिएकी छिन् । कंगनाले ट्वीट गर्दै भनेकी छिन्, ‘समीक्षा र आलोचना एउटै होइन, हरेक प्रकारको कलाको समीक्षा र छलफल हुनुपर्छ, यो सामान्य कुरा हो । सन्दिपजीले मुस्कुराउँदै मेरो समीक्षालाई जसरी सम्मान दिनुभयो, त्यो देखेर भन्न सकिन्छ कि उहाँ पुरुषार्थी फिल्म मात्र बनाउँदैनन्, उहाँको मनोवृत्ति पनि म्यानली छ, धन्यवाद सर ।’

कंगनाले थप लेखेकी छिन्, ‘तर, कृपया मलाई कुनै भूमिका नदिनुहोस् नत्र तपाईँका अल्फा पुरुष हिरोहरू नारीवादी बन्ने छन् र तपाईँका फिल्महरू पनि पिट्न थाल्नेछन् । तपाईँले ब्लकबस्टरहरू बनाउनुहुन्छ र फिल्म उद्योगलाई तपाईँको आवश्यकता छ ।’​

सन्दीप रेड्डी वांगाले सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि मलाई मौका मिल्यो र उनी मेरो भूमिकामा मिल्दोजुल्दो छ भने म उनीकहाँ गएर कथा सुनाउनेछु । 'क्वीन' र अन्य फिल्ममा उनको अभिनय मलाई एकदमै मन परेको थियो, त्यसैले यदि उनले 'एनिमल' को बारेमा नकारात्मक टिप्पणी गरिरहेकी छिन् भने मलाई कुनै समस्या छैन । म रिसाउने छैन किनभने मैले उनको काम देखेको छु । मलाई नराम्रो लाग्दैन ।' एजेन्सी


Author

थप समाचार
x