कला

स्क्विड गेम मालवेयर प्ले स्टोरमा

इकागज |
कात्तिक ८, २०७८ सोमबार १२:३९ बजे

काठमाडौँ- चर्चित कोरियन वेब सिरिज स्क्विड गेमको नाममा प्ले स्टोरमा मालवेयर फेला परेको छ । सिरिज चर्चित भएसँगै यसको नाम प्रयोग गरेर मालवेयर प्रयोग गरी प्रयोगकर्ताको डाटा चोरी गर्नको मालवेयर देखिन थालेको छ । हालै मात्र गुगलले केही एप प्ले स्टोरबाट हटाएको छ । ‘स्क्विड गेम वालपेपर फोरके एचडी’ को नाम रहेको यस एपले प्रयोगकर्ताको डाटामा अनाधिकृत पहुँच बनाइ डाटा चोरी गरेको भन्दै गुगलले हटाएको हो ।

एक सुरक्षा फर्मले मालवेयर फैलाउन प्रयोग गरिने प्ले स्टोरमा स्क्विड गेमसँग सम्बन्धित एउटा एपलाई फ्ल्याग लगाएपछि गुगलले एपलाई प्ले स्टोरबाट हटाएको छ ।


सो मालवेयरले प्रयोगकर्तालाई अनावश्यक विज्ञापन देखाउने गरेको थियो भने अनावश्यक एसएमएस सदस्यता शुल्क भुक्तानी गर्न लगाउने गरेको थियो । यसले प्रयोगकर्ताको डाटा चोरी गर्न सक्ने तथा अनावश्यक एप इन्स्टल गर्न लगाउने गरेको थियो । यदि तपाईंले पनि यो एप डाउनलोड गर्नु भएको छ भने तुरुन्तै डिलिट गर्न गुगलले आग्रह गरेको छ । 


Author

थप समाचार
x