कला

सौगात र दीयाको ‘मन्त्र’ वैशाख १६ मा

सौगात-र-दीयाको-मन्त्र-व

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:७ बजे

काठमाडौँ – सौगात मल्ल र दीया पुनको मुख्य भूमिका रहेको फिल्म ‘मन्त्र’को प्रदर्शन मिति घोषणा भएको छ । लामो समयदेखि बनेर पनि थन्किएको फिल्म आगामी वैशाख १६ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले मंगलबार पत्रकार सम्मेलन गर्दै फिल्म वैशाखमा प्रदर्शन हुने जानकारी गराए ।

नारी दिवस र अभिनेत्री दीया पुनलाई सगरमाथा आरोहणका लागि बिदाइ गर्न आयोजित कार्यक्रममा फिलमको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो ।

गोरखाको चुमनुव्री गाउँपालिकाको मनास्लु क्षेत्रमा छायांकन गरिएको फिल्मले हिमालमा बस्नेहरुको प्रेमकथा प्रस्तुत गर्ने निर्देशक खिल बहादुर गुरुङले बताए । ‘ फिल्मले हिमालको संस्कृतिलाई पनि प्रस्तुत गरेको छ । प्रेमकथासँगै यो हिमाली संस्कृति बुझाउने फिल्म पनि हो’ उनले भने ।

अभिनेत्री दीया पुनले केही समयअघि नै सगरमाथा आरोहण गर्ने समाचार आएको थियो । मंगलबार फिल्मको टिमले उनलाई आरोहणका लागि शुभकामना दिँदै बिदाइ पनि गरेको थियो । दीयाले आफूलाई सार्थक फिल्मको हिस्सा बन्न मन लाग्ने भएकाले मन्त्रले त्यो कमी पूरा गरेको बताएकी थिइन् ।

अभिनेता सौगात मल्लले पनि यो फिल्मले अभिनेताको रुपमा आफूलाई एक्स्प्लोर गर्ने मौका प्रदान परेको धारणा राखेका थिए । उनले यो फिल्मले दर्शकलाई अग्र्यानिक फिल्मको स्वाद चखाउने धारणा राखेका थिए । कार्यकारी निर्माता देवेन्द्र मानन्धरले त्यतिबेलाको हिमाली प्रेमकथा बुझ्न पनि अहिलेको पुस्ताको दर्शकले ‘मन्त्र’ हेर्नुपर्ने बताए ।



Author

थप समाचार
x