अटो

टिभिएस आईक्युबमा के-के छन् विशेषता ? चार महिनामा गुड्यो एक लाख किलोमिटर

इकागज |
पुस १८, २०८० बुधबार १०:४७ बजे

काठमाडौँ- नेपालको लागि टिभिएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ । टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो ।

बेस्ट इन क्लास इन्डुरेन्स (सिङ्गल चार्जमा नै धेरैभन्दा धेरै माइलेज दिने) , राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मुल्य जस्ता विशेषताहरूले गर्दा लन्च भएको ४ महिनाभन्दा कम समयमा नै टिभिएस आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको दाबी गरेको छ ।


ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३,५०० किलो कम कार्बनडाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ, जुन लगभग १७५ वटा रूख रोपेको बराबर हो । 

साथै अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ । सम्रगमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ । साथै सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पुर्‍याएको छ ।

विश्वव्यापी रूपमा टिभिएस आईक्युब २ लाख २५ हजार घरहरूमा पुग्न सफल भएको छ । १.२५ बिलियन किलोमिटरभन्दा बढी दुरी गुड्दा टिभिएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३ हजार ७ सय ६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ, जुन १.७ मिलियन रूखहरू रोपेको बराबर हुन्छ ।

स्वदेशमा नै बिजुली उत्पादन गर्ने थोरै देशहरूमध्येमा नेपाल पनि पर्दछ । टिभिएस आईक्युबले देशमा नै उत्पादित बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा ठुलो योगदान पुर्‍याउँदै आएको दाबी गरेको छ ।

एक लाख किलोमिटरको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टिभिएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रा.लिको सहकार्यमा टिभिएस आईक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ । नक्सालको टिभिएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टिभिएस आईक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागीता थियो ।

राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषणविरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु थियो । उक्त कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनको मेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो ।

टिभिएस आईक्युबले सिंगल चार्जमा १०० किलोमिटको रेन्ज प्रदान गर्दछ । शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७ किलोमिटर प्रतिघन्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलरेसन दिन्छ ।

पावर ईको मोडले राइडलाई  रेन्ज अथवा पफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । ७ इन्चको टि.एफ.टि क्लस्टरले म्युजिक कन्ट्रोल, थिम पसनलाइजेसन, भोइस एसिट जस्ता सुविधाहरू प्रदान गर्दछ ।

टिभिएस आईक्युबका मुख्य विशेषताहरू
- पीक पावर : ४.६ किलोवाट, टर्क १४० एनएम
- रेटेड पावर : ३.३४ किलोवाट
- टप स्पिड  : ७ किमी/घण्टा
- एक्सेलेरेशन : ४.२ सेकेन्डमा ०–४० किमी/घण्टा
- सिंगल चार्जमा दिने रेन्ज : १०० किलोमिटर
- पार्किङ असिस्ट
- ७ टिएफटी क्लस्टर, सहज ५ : वे जोइस्टिक
- म्युजिक प्लेयर नियन्त्रण
- नाइट मोड
- स्मार्ट हेलमेट जडान
- आगमन कल/एसएमएस अलर्ट
- क्लस्टरमा डकुमेन्ट स्टारेज
- ३२ लिटको अन्डर सिट स्टोरेज


Author

थप समाचार
x