अटो

अपाचेको आरटीआर १६० नेपालमा

इकागज |
बैशाख १४, २०८१ शुक्रबार ११:५६ बजे

काठमाडौँ- विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।

नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको टिभिएसले जनाएको छ ।


यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्नुका साथै राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्ने टिभिएसको विश्वास छ ।

टिभिएस अपाचे आरटीआर १६० मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको बताइएको छ ।

आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा संचालित, २०२४ टिभिएस अपाचे आरटीआर १६० मा चार ओटा स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर, दुई–भल्भ ओटा क्इज्ऋ एयर–कूल्ड इन्जिन रहेको छ भने यसको पावरहाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्दछ ।

यसमा डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट  पाँच–स्पीड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले रहेको छ । ।

२०२४ टिभिएस अपाचे आरटीआर १६० – म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य रु. ३,०५,९०० रहेको छ ।


Author

थप समाचार
x