बैंक-वित्त

अब 'आइएमई पे' मा शाइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

इकागज |
भदौ १७, २०८० आइतबार १७:४ बजे

काठमाडौँ– नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'मा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै  क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तीय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ ।


सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले  बैंकको मोबाइल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।

‘आइएमई पे'ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

 


Author

थप समाचार
x