बैंक-वित्त

ग्लोबल आइएमई बैंकको “भिजा स्क्यान टु पे” : फिजिकल कार्डको प्रयोग बिनै पेमेण्ट गर्न सकिने

इकागज |
पुस २, २०८० सोमबार १६:५७ बजे

फाइल तस्बिर

काठमाडौँ - ग्लोबल आइएमई बैंकले “भिजा स्क्यान टु पे” भुक्तानी प्रणालीको शुरुवात गरेको छ । 

सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोेबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र “भिजा स्क्यान टु पे” भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् । 


उक्त प्रविधिमार्फत बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेण्ट गर्न सक्नेछन् । भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । जहाँ कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका लेनदेन बैंकिङ बिक्री र व्यापारका प्रमुख प्रकाश पौडेलले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताए । उनले प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि बढ्दै जाने आशा व्यक्त गरे । 

अब ग्लोबल आइएमई बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोवल आइएमई बैंकको मोबाइल एप ग्लोवल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेण्ट गर्न सक्नेछन् । 


Author

थप समाचार
x