बैंक-वित्त

कामना र शेयरप्रोबीच 'फाइभ इन वान' सेवा सम्झौता

इकागज |
पुस ३, २०८० मंगलबार १४:१९ बजे

काठमाडौँ- कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (SEBON) बाट इजाजत प्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रा.लिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरूले बचत खाता, डिम्याट (DMAT) खाता, सेयर ट्रेडिङ (TMS), (C-ASBA) र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । 

उक्त सेवामार्फत् आफ्ना ग्राहक महानुभावहरूले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरू उपलब्ध गराएको हो । काठमाडौँ-३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरू, २१ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।


साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।


Author

थप समाचार
x