बैंक-वित्त

एसबीआई बैंक र ओम कृष्ण अस्पतालबीच सहकार्य

इकागज |
पुस २०, २०८० शुक्रबार १२:५४ बजे

काठमाडौँ- नेपाल एसबीआई बैंक लिमिटेड र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि टिकापुर कैलालीबीच सहकार्य भएको छ ।

सहकार्यको सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई अस्पतालका विभिन्न सेवामा छुट प्राप्त हुनेछ । सम्झौतामा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालकी अध्यक्ष रत्ना उपाध्याय बजगाईले हस्ताक्षर गरेका छन् ।



Author

थप समाचार
x