बैंक-वित्त

एनसीएचएलको विशेष साधारण सभा सम्पन्न

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १०:३५ बजे

काठमाडौँ - नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) ले बिहीबार आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको गर्‍यो ।

उक्त विशेष साधारण सभामा एनसीएचएलका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, शेयरधनी प्रतिनिधिहरु र व्यवस्थापनतर्फका कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो । एनसीएचएलले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्ने प्रमुख अजेण्डासहित उक्त विशेष साधारण सभा सम्पन्न गरिएको जनाएको हो ।


नेप्सको १०० शेयर बराबर एनसीएचएलको २८ शेयर हुने गरी १:०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्त गर्न विशेष साधारण सभामा पारित गरिएको छ । नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फछ्र्यौट विनियम बमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी नेपाल राष्ट्र बैंक समक्ष नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडको संयुक्त रुपमा अन्तिम स्वीकृती प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानूनबमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरी एकिकृत कार्य प्रारम्भ गर्ने छन् ।

प्राप्ति कार्य गरे पश्चात् परिवर्तन हुने शेयर तथा चुक्ता पूँजी वृद्धि गर्न, शेयर समूह स्वामित्व परिवर्तन गर्न एनसीएचएलको प्रबन्धपत्र तथा नियमावालीका आवश्यक दफा/नियमहरु संशोधन गर्ने लगायतका विषयहरुमा पनि विशेष साधारण सभाले स्वीकृति तथा अख्तियारी प्रदान गरेको छ ।

प्राप्तिका लागि मिति गत वर्ष पुस ६ ६ मा प्रारम्भिक सम्झौता र विस्तृत मूल्याङ्कन पश्चात चैत २२ गते प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । हाल एनसीएचएल र नेप्सको चुक्ता पुँजि क्रमश १ अर्ब ६६ लाख र २१ करोड १२ लाख रहेकोमा प्राप्ति पश्चात एकिकृत संस्थाको चुक्ता पुँजि १ अर्ब ६ करोड ५८ लाख हुनेछ । एनसीएचएलको गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफा ३७ करोड ६८ लाख रहेको थियो भने नेप्सको ६ करोड ४६ लाख रहेको थियो ।


Author

थप समाचार
x