दल

जसपा नेपाल भन्छ- बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिबद्ध छन्, विभाजनको अवस्था छैन

इकागज |
बैशाख २४, २०८१ सोमबार १७:३२ बजे

काठमाडौँ- जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले दल विभाजनको अवस्था नरहेको बताएका हुन् ।


उनले हाल संसदको अधिवेशन आव्हान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा दल विभाजनको अवस्था नरहेको बताएका छन् ।

साथै उनले दलको बहुमत सदस्य दलप्रति प्रतिबद्ध नै रहेको बताउँदै सम्पूर्ण केन्द्रीय सदस्यलगायत कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।


Author

थप समाचार
x