सरकार

मन्त्रिपरिषद् बैठक

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्‍ने सरकारको निर्णय

इकागज |
बैशाख २४, २०८१ सोमबार १७:३८ बजे

काठमाडौँ- सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते म्याद सकिन लागेकाले समितिको म्याद एक वर्ष थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण समितिले गठन आदेशका भरमा रक्षा मन्त्रालय मार्फत पूर्वाधारसम्बन्धी काम गर्दै आएको शर्माले बताइन् ।


यसअघि चार वर्षका लागि तोकिएको समयको म्याद सकिन लागेको अवस्थामा विधेयक र कानुन नबनेकाले पुन: एक वर्ष म्याद थप गर्ने निर्णय भएको उनको भनाइ छ । 


Author

थप समाचार
x