बैंक-वित्त

एभरेष्ट बैंकद्वारा 'ग्लोबल मनि विक-२०२४' कार्यक्रम सम्पन्न

इकागज |
चैत १४, २०८० बुधबार १८:९ बजे

काठमाडाैँ - नेपाल राष्ट बैंककको संयोेजनमा विगत वर्षहरूजस्तै यस वर्षपनि एभरेष्ट बेैंकले चैत ५ देखि सप्ताव्यापी अभियान अन्तर्ग Global Money Week -२०२४ काे उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गरायो । ​


Protect Your Money, Secure Your Future भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइयो।​

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइ रहेकाे छ । यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


 


Author

थप समाचार
x