बैंक-वित्त

२०८१ सालमा बैंकहरुको बिदा र कार्यालय समयको सूची सार्वजनिक

इकागज |
बैशाख ३, २०८१ सोमबार १३:५५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले विक्रम संवत् २०८१ मा हुने बैंक तथा वित्तीय संस्थाहरूको बिदा सूची सार्वजनिक गर्दै कार्यालय समय र बैंकिङ कारोबार समय सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आगामी वर्ष वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्मका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोकेको हो ।

यस अवधिका लागि बैंकिङ कारोबार समय भने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ । यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मका लागि भने कार्यालय समय बिहान १० बजेदेखि ४ बजेसम्म र बैंकिङ कारोबार समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।


वर्षभर हरेक शुक्रबारका लागि कार्यालय समय बिहान १० बजेदेखि १ः३० बजेसम्म र  बैंकिङ कारोबार समय दिउँसो १२ः३० बजेसम्म तोकिएको छ ।

वर्षभरिमा ३० दिन सार्वजिनक बिदा ताेकिएको छ । बाँकी सात दिन भाैगाेलिक क्षेत्र अनुसार र निश्चित धार्मिक समुदायमा  बिदा तोकिएको छ । त्यस्तै प्रदेशमा रहेका कार्यालयहरूमा बढीमा ६ दिन बिदा थपिने राष्ट्र बैंकले जनाएको छ । 


Author

थप समाचार
x