ब्रान्‍ड

एमजि मोटर्सको ईभी ग्राहकका लागि पहिलो ईभी चार्जिङ एप सार्वजनिक

इकागज |
फागुन २८, २०८० सोमबार २१:५ बजे

काठमाडौँ- एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ । यो एपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन् । चार्जिङ्ग शुल्क ʻखल्ती एप’ मार्फत भुक्तानी हुने भएकोले ग्राहक महानुभावहरूको अनिवार्य ʻखल्ती एप’ हुन जरुरी हुन्छ । त्यसैले कम्पनीले सबै ग्राहकहरूलाई ʻखल्ती’ एप डाउनलोड गर्न आग्रह गरेको छ ।


पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाईभ अपडेटको साथै चार्जिङ्ग भुक्तानीमा सहजता पु¥याउने छ । यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस इभी र एमजी फो इभीका ग्राहकहरूलाई विशेष फाइदा गर्नेछ । हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ ।  

साथै यस एप अन्तर्गतको आर.एफ.आइ.डी कार्ड मार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजिका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन् । ग्राहकहरूले आर.एफ.आइ.डी कार्ड कम्पनिबाट लिनको लागि भ्याट सहित रु.५०० को वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ । यो शुल्क चार्जिङ मसिनहरू र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ । साथै यो एपले २४ घन्टा चार्जिङ सोलुसनहरू उपलब्ध गराइ ग्राहकहरूको चार्जिङ्ग सम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ । एमजी आर.एफ.आइ.डी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरूले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्नेछन् । अनलाइन फारम भर्नको लागि www.mgmotors.com.np/rfid-request-form मा गएर फारम भर्नु पर्नेछ भने अफलाइनका लागि ग्राहकले कम्पनीको वेबसाइटमा गई फारम डाउनलोड गरी त्यहाँ बताइए बमोजिम प्रक्रिया पूरा गर्नुपर्नेछ ।

आर.एफ.आइ.डी फारम भर्दा ग्राहकहरूले आफ्नो सुविधा अनुसार कार्ड डेलिभरीका लागि नजिकैको शोरूम रोज्न सक्नेछन् । नेपालमा हाल एमजिको २१ वटा शोरूमहरू रहेका छन् । 

पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको दरमा प्रति युनिट दरमा थप २०% शुल्क लागू गर्नेछ । प्रति युनिट शुल्क पिक र अफ–पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ । 

एप लन्चको बारेमा बोल्दै पारामाउन्ट मोटर्सका प्रतिनिधिले जानकारी गराए अनुसार “एमजिका हाम्रा ग्राहकहरूलाई विद्युतीय सवारीसाधन चार्ज गर्ने सुविधाजनक र भरपर्दो तरिका प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ । यसले चार्जिङ सम्बन्धी समस्याको दिगो समाधान र समग्र इभी ग्राहकहरूको ओनरशिप अनुभव पनि बढाउनेमा हामी विश्वस्त छौँ ।”  

तलको लिङ्कमा क्लिक गरेर यो एप डाउनलोड गर्न सकिनेछः

​https://play.google.com/store/apps/details?id=com.paramount.ev (एन्ड्रोइड युजरका लागि)

https://apps.apple.com/app/paramount-charging-solutions/id6476561022 (आइओएस युजरका लागि)


Author

थप समाचार
x