ब्रान्‍ड

कोका-कोला नेपालको 'ड्रिंक एण्ड विन' योजना

इकागज |
बैशाख २, २०८१ आइतबार १८:५ बजे

काठमाडौँ- नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका-कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूका लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरूले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।     

‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका-कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्कोमुनि हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । 


कम्पनीको यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका-कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ । 
 


Author

थप समाचार
x