ब्रान्‍ड

ऐसले फर्निचर शोरुम अब नेपालमा

इकागज |
बैशाख ९, २०८१ आइतबार ११:४१ बजे

फाइल फाेटाे

काठमाडौँ - विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शो रुमको स्थापना गरी बिक्री सुरु गरेको छ । ऐसले ब्रान्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा विक्रेता मध्येको एक हो । गत १८ वर्ष देखि ऐसले अमेरिकाको सबैभन्दा विक्री हुने फर्निचर ब्रान्ड रहँदै आएको छ । 

ऐसलेको विश्वभरि ६६ राष्ट्रहरूमा ११ सय भन्दा बढि होमस्टेहरू छन् । ऐसलेको आधिकारिक बिक्रेताको रुपमा एस.एन जोशी एण्ड सन्स कम्पनी प्रा.लि रहेको छ । विश्व विख्यात फर्निचर ब्रान्डहरूलाई नेपालमा ल्याई उत्कृष्ट उत्पादकहरूलाई नेपाली माझ साक्षात्कार गराउने एस.एन जोशी एण्ड सन्स कम्पनी प्रा.लि विगत २० वर्ष देखि यस व्यवसायमा सकृय रहेको छ ।


विश्व विख्यात ऐसले ब्रान्डले नवीनता, गुणस्तरीयता, ग्राहक सन्तुष्टिमा विश्व भरी आफ्नो झण्डा गाडिसकेको छ । ऐसले फर्निचरले विश्वभरि करोडौं उपभोक्ताहरूको मन जितिसकेको छ । टेकु स्थित ऐसलेको शोरुम ४५ सय स्क्वायर फिटमा फैलिएको छ र यहाँ ग्राहकहरूले विभिन्न आधुनिक रुपमा लिभिङ रुम, डाइनिङ्ग रुम, बेड रुमको साज सज्जा सहित चाहिने सर–सामानहरुको उपलब्धता रहनेछ । 

ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनीय उत्पादनहरू सहित नेपालमा नयाँ युगको सुरुवात गर्ने कम्पनीले जनाएको छ  । 


Author

थप समाचार
x