ब्रान्‍ड

शाओमीले ल्यायो अल न्यु-पक्का अल-राउनन्डर रेड्मी १३

इकागज |
असार १३, २०८१ बिहीबार २१:२८ बजे

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले​ प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ ।

लन्चबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भनिन्, 'नेपालमा रेड्मी १३ सार्वजनिक गर्न पाउँदा हामी निकै खुशी र उत्साहित भएका छौँ । हामीले हाम्रा ग्राहकहरूलाई गरेको प्रतिबद्धता अनुरुप अत्याधुनिक प्रविधियुक्त फोनहरू ल्याएका छौँ । शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, ठूलो ६.७९ इन्चको इमर्सिभ डिस्प्ले, १०८ एमपीको उन्नत क्यामेरा प्रणाली र लामो समयसम्म चल्ने ५,०३० एमएच ब्याट्रीले गर्दा बहुमुखी कार्यसम्पादनको लागि नयाँ बेन्चमार्क सेट गरेको छ । प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई हामीले रेड्मी १३ को साथमा कायम गरेका छौँ । '


मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसरको साथमा उत्कृष्ट प्रदर्शनः
रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर र एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ । १२ एनएमको चिपमा बनेको यो  अक्टाकोर सिपियुमा कोर्टेक्स ए ५५ कोर र हाइ पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएको हुनाले २.०० गिगाहर्ज सम्मको अधिकतम फ्रिक्वेन्सी दिन्छ । इन्टिग्रेटेड माली जि ५२ एमसी २ जिपियुले गेमिङ र मल्टिमिडिया एपको प्रयोगलाई सहज प्रदर्शन प्रदान गर्नेछ ।

दमदार ६.७९ इन्चको फुल एचडी डिस्प्लेः
रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ । २४६० ८ १०८० पिक्सेलको रिजोल्युसनले जीवन्त कलर अनुभव र डिटेल प्रदान गर्दछ । ९० हर्ज सम्मको रिफ्रेस रेटले स्मुथ स्क्रोलिङ र एनिमेसनहरू सुनिश्चित गर्दछ । साथै लो ब्लु लाइट र फ्ल्यास–रहित डिस्प्लेले मोबाइलको लामो समय प्रयोग पनि सुनिश्चित गर्दछ ।

पर्याप्त स्टोरेज र र्याम विकल्पहरूः
रेड्मी १३ ले विभिन्न प्रयोगकर्ताका आवश्यकताहरू पुरा गर्न विभिन्न स्टोरेज र र्याम कन्फिगरेसनहरू प्रदान गर्दछ । ६ जिबी र्याम १२८ जिबी स्टोरेज र ८ जिबी र्याम  २५६ जिबी स्टोरेज सहित विकल्पमा रेड्मी १३ उपलब्ध हुनेछ । यसबाहेक माइक्रोएसडी कार्ड मार्फत १ टिबीसम्म स्टोरेज बढाउन सकिन्छ । त्यसैले प्रयोगकर्ताहरूले स्टोरेजको बारेमा चिन्ता लिनुपर्ने छैन ।  

पातलो र स्टाइलिश डिजाइनः
सुन्दरताका साथ डिजाइन गरिएको, रेड्मी १३ समात्न र प्रयोग गर्न निकै सहज हुनेछ । १६८.६ एमएमको हाइट, ७६.२८ एमएम विड्थ र ८.३ एमएम मोटाईको साथ रेड्मी १३ को तौल मात्र २०५ ग्राम छ । यसको डिजाइनले सौन्दर्य र पोर्टेबिलिटी दुवै प्रदान गर्दछ ।  

एडभान्स्ड क्यामेरा प्रणालीः
उत्कृष्ट क्यामारा सेटअप सहित रेड्मी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ । यसको रियर क्यामेरामा स्यामसङ सुपर–क्लियर आइएसओ सेल एचएम ६ सहितको १०८ मेगापिक्सेलको क्यामारा समावेश रहेको छ । यस मुख्य क्यामेरामा ६ पि लेन्स र १.७५ को एपेरेचर रहन्छ भने २.४ एपेरेचरको २ मेगापिक्सेलको म्याक्रो क्यामारा पनि यस स्मार्टफोनमा उपलब्ध हुन्छ । यो कम्बीनेसनको सहायताले प्रयोगकर्ताहरूले जस्तोसुकै लाइटिङमा पनि  क्लोज–अप फोटोहरू लिन सक्नेछन् । साथै फिल्म क्यामेरा, कस्टम फ्रेम, १०८० एमपी मोड, एचडिआर मोड, नाइट मोड, पोर्ट्रेट  मोड र टाइम–ल्याप्स जस्ता सुविधाहरूले यस स्मार्टफोनलाई थप उपयोगी बनाउँदछ । साथै यस स्मार्टफोनको ३० एफपिइएसमा १०८० पि एचडी भिडियो मोड र ७२० पि एचडी भिडियो मोडले  भिडियोमा रुची राख्नेहरूका लागि थप मजा प्रदान गर्दछ ।  

फास्ट चार्जिङ सहित लामो समयसम्म चल्ने ब्याट्रीः
रेड्मी १३ मा ५०३० एमएचको शक्तिशाली ब्याट्री उपलब्ध छ जसले दिगो प्रयोग सुनिश्चित गर्दछ । यसले ३३ वाटका फास्ट चार्जिङ सपोर्ट गर्दछ । साथमा यस स्मार्टफोनले सुविधाजनक टाइप–सी पनि सर्पोट गर्दछ ।

सुरक्षा फिचरहरूः
रेड्मी १३ मा सुरक्षा सुविधालाई प्राथमिकतामा राखिएको छ । साइड फिंगरप्रिन्ट सेन्सरले छिटो र सुरक्षित अनलक सुनिश्चित गर्दछ। साथै एआई फेस अनलकले छिटो र सुरक्षित पहुँचको लागि नयाँ विकल्प प्रदान गर्दछ। यी सुविधाहरूले प्रयोगकर्ताको डेटा र व्यक्तिगत विवरण सुरक्षित रहने कम्पनीले जनाएको छ ।

बजार उपलब्धताः   
रेड्मी १३ ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् ।  
६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमका मुल्यहरू क्रमशः रु.१८,९९९ रु. २१,९९९ रहेको छ । रेड्मी १३ असार १३ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।
 


Author

थप समाचार
x