कर्पोरेट

शाओमीको 'नयाँ साल-नयाँ नोट' अफरमा के-के छन् ?

इकागज |
चैत २०, २०८० मंगलबार १४:२ बजे

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा 'नयाँ साल-नयाँ नोट' नामक विशेष अफर लिएर आएको छ । जस अन्तर्गत ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।

रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ नि:शुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य रु. ५,६९९ हो । त्यसैगरी रेडमी नोट १३  खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ  नि:शुल्क पाउनेछन् । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।


नयाँ अफरको बारेमा चर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्युले भनिन्, 'हामी आफ्ना ग्राहकवर्गका लागि नयाँ वर्षको अवसर पारेर नयाँ अफरहरू ल्याउन पाउँदा निकै खुसी छौं । रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरूमा पुर्‍याउन खोजिरहेका छौं । हामीलाई आशा छ यी अफरहरूले हाम्रा ग्राहकहरूलाई रेड्मी नोट सिरिजका स्मार्टफोन खरिद गर्न प्रेरित गर्नेछ ।'

रेड्मी १३ नोट सिरिज अन्तर्गत तीन प्रकारका फोनहरू उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस  ५ जि  । ६ जिबि र्‍याम + १२८ जिबी स्टोरेज र ८ जिबि र्‍याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरासहित उपलब्ध छ ।

त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसरसहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग  भएको  हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जरसहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

शाओमीको यो अफर सिमित अवधिको लागि मात्र उपलब्ध छ । चैत १९ गतेबाट सुरु हुने यो अफरको फाईदा उठाउनका लागि ग्राहक महानुभावहरूले वैशाख ९ गते भित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा उपलब्ध छ ।

रेड्मी नोट १३: 
मूल्य: रु २४,९९९ (६/१२८ जिबि), रु २७,९९९ (८/२५६ जिबि) 
मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू 

रेड्मी नोट १३ प्रो: 
मूल्य: रु ३४,९९९ (८/२५६ जिबि), रु ३९,९९९ (१२/५१२ जिबि) 
मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल

रेड्मी नोट १३ प्रो प्लस ५ जि : 
मूल्य: रु ४७,९९९ (८/२५६ जिबि), रु ५२,९९९ (१२/५१२ जिबि) 
मिडनाइट ब्ल्याक, मुनलईट ह्वाइट र औरोरा पर्पल 

विशेष अफर: 
रेड्मी नोट १३ सिरिजका कुनै पनि स्र्माटफोनको खरिदमा ग्राहकवर्गले रेड्मी बड्स ४ एक्टिभ नि:शूल्क प्राप्त गर्न सक्नेछन् । साथै रेडमी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जि को खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ नि:शुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य रु. ५,६९९ हो ।


Author

थप समाचार
x