आमचुनाव २०७९

दार्चुलाका मतपेटिका बल्ल आइपुग्यो सदरमुकाम

इकागज |
मंसिर ५, २०७९ सोमबार २०:२५ बजे

दार्चुला- ९ वटा स्थानिय तह रहेको दार्चुलामा हिजो ४ गते मतदान सम्पन्न भए पनि मतगणना हुन सकेको छैन । 

जिल्लाको भौगोलिक विकटताका कारण मतपेटिका ढुवानी मा ढिलाइ हुँदा गणना हुन नसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।


उनले अन्य ८ वटा स्थानीय तहका मतपेटिकाहरू आज बिहान १० बजे जिल्ला सदरमुकाम पुर्‍याउन सकिएको बताए । जिल्लाको ब्यास गाउँपालिकाको दुम्लिङ्सिना, माल र राप्लाको मतपेटिका अहिले ८ बजे सदरमुकाम आइपुगेको हो । 

अब सबै प्रक्रिया पुगाएर मतगणना हुने निर्वाचन अधिकारी प्रदिप सिंह धामीले बताए ।


Author

थप समाचार
x