आमचुनाव २०७९

मध्येरातको अपडेट : कांग्रेस ४६, एमाले ३१, माओवादी १२, रास्वपा ९ ठाउँमा अग्रता

इकागज |
मंसिर ६, २०७९ मंगलबार २:१० बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम धमाधम सार्वजनिक हुन थालेको छ ।

जसअनुसार नेपाली कांग्रेस दुई स्थानको प्रतिनिधि सभामा विजयी छ ।


त्यस्तै नेकपा (एमाले)ले एक स्थानमा जितको छ ।

कांग्रेस उम्मेदवार मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङले प्रतिनिधि सभामा जितेका छन् ।

त्यस्तै एमाले उम्मेदवार प्रेमबहादुर महर्जन ललितपुर क्षेत्र नं २ मा विजयी भएका छन् ।

यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेस ४६, नेकपा (एमाले) ३१, नेकपा (माओवादी केन्द्र) १२, राष्ट्रिय स्वतन्त्र पार्टी ९ , राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य ६ स्थानमा अग्रता कायम गरेका छन् ।


Author

थप समाचार
x