लुम्बिनी

प्रधानमन्त्री आउने भएपछि दार्मामा वैशाख २८ गते सार्वजनिक बिदा (विज्ञप्तिसहित)

इकागज |
बैशाख २६, २०८१ बुधबार १९:५८ बजे

फाइल फाेटाे

काठमाडौँ - सल्यानको दार्मा गाउँपालिकाले आउँदो वैशाख २८ गते सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दार्मा जाने भएपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । 

गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल दार्मा जाने भएपछि बिदा दिइएको गाउँपालिकाले आज एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 


'उक्त दिन गाउँपालिका मातहतका निकायहरू तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ', विज्ञप्तिमा भनिएको छ । 


 


Author

थप समाचार
x