आमचुनाव २०७९

प्रत्यक्षतर्फ १५७ सिटको टुंगो लाग्यो, कांग्रेसको अग्रता कायमै

इकागज |
मंसिर ११, २०७९ आइतबार १९:४८ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । 
    
प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५३, नेकपा (एमाले) ४२, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० क्षेत्रमा विजयी भएका छन् । साथै,  राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक र जनमत पार्टीले एक सिट जितेको छ । त्यसैगरी पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

आयोगका अनुसार तीन वटा जिल्ला दोलखा, बाजुरा र स्याङ्जामा मतगणना सुरु हुन सकेको छैन । बाजुरामा शनिबार पुनः मतदान भएको छ भने दोलखाका केही मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ ।



 


Author

थप समाचार
x