आमचुनाव २०७९

गण्डकीमा कांग्रेस पहिलो पार्टी हुँदा एकीकृत समाजवादी शून्य

इकागज |
मंसिर १२, २०७९ सोमबार १४:५७ बजे

फाइल फोटो

काठमाडौं - बागमती प्रदेशमा पहिलो पार्टी भएको नेपाली कांग्रेस गण्डकी प्रदेशमा पनि पहिलो पार्टी हुन सफल भएको छ । १६ सिटसहित गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी भइरहँदा नेकपा एमाले भने १२ सिटसहित दोस्रो स्थानमा   छ । 

नेकपा माओवादी केन्द्रले ४ सिटमा जित हासिल गर्दा नेपाल समाजवादी पार्टीले १ सिटमा मात्रै विजय हासिल गरेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने सो प्रदेशमा शून्य रहेको छ । सो प्रदेशमा स्वतन्त्रले १ सिटमा विजय हासिल गरेको छ । 


३६ सिटमध्ये ३४ सिटको मतगणना हुँदा २ स्थानमा अझै मत गणना बाँकी छ । 


Author

थप समाचार
x