फुटबल

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

इकागज |
बैशाख २०, २०८१ बिहीबार ८:६ बजे

काठमाडौँ- अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ । 

गएराति भएको सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।


अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । २ खेलको प्रतिबन्धपछि खेलमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै अल नासरलाई फाइनलमा पुर्‍याएका हुन् । त्यस्तै अल नासरको लागि अर्को गोल साडियो मानेले गरेका थिए ।

त्यसैगरी अल खालीजका लागि एक गोल फवाज टोराल्सले गरेका थिए ।

यसअघि पहिलो सेमिफाइनलमा अल हिलालले अल इतिहादलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब किङ कपको फाइनल खेल मे ३१ मा हुने छ र फाइनलमा अल नासर र अल हिलाल भिड्ने छन् । अल हिलाल किङ कपको डिफेन्डिङ च्याम्पियनसमेत हो ।


Author

थप समाचार
x