सिनेमा

'लप्पछन छप्पन २' मा अभिनय गरेकी बेल्जियमकी क्यारोलिन 'कान्स'मा सहभागी

इकागज |
जेठ ७, २०७९ शनिबार १९:२९ बजे

काठमाडौँ- 'लप्पछन छप्पन २' चलचित्रमा अभिनय गरेकी बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा ‘कान्स फिल्म फेस्टिभल २०२२’ मा सहभागी भएकी छिन् । फ्रान्सको पेरिसमा भएकाे  ७५ औँ कान्स फेस्टिभलमा उनी बेल्जियमबाट प्रतिनिधित्व गरेकी हुन्।

केही समय अघिदेखि मोडलिङबाट करियर सुरु गरेकी क्यारोलिन ‘लप्पनछप्पन २’मा जासूसको भूमिकामा देखिएकी छन् । चलचित्रमा उनको छोटो समय उपस्थित भए पनि सशक्त भूमिका निर्वाह गरेकी छन् ।


उनी  केही समय अघि 'लप्पछनछप्पन २' को प्रिमियर शो मा नेपाल आएकी थिइन् । पछिल्लो समय नेपाल आउँदा दुई साता बसेकी कयारोलिन विभिन्न पर्यटकीय स्थल तथा मार्दी हिमाल पुगेकी थिइन् ।

 

 


Author

थप समाचार
x