सिनेमा

एल्भिसको गीत गाउँदा जस्टिनको गला खराब

इकागज |
माघ २२, २०७९ आइतबार १२:१० बजे

लसएन्जल्स - केही समयअघि सम्पन्न गोल्डेन ग्लोब अवार्डमा ‘एल्भिस’ फिल्मका लागि जस्टिन बटलरले कमेडी तथा म्युजिक विधातर्फ उत्कृष्ट अभिनेताको अवार्ड जिते । अवार्ड ग्रहण गरेपछि धन्यवाद भन्ने क्रममा उनले ठ्याक्कै एल्भिस प्रिस्लेको शैलीमा बोले । यो देखेपछि जस्टिन सामाजिक सञ्जालमा ट्रोल हुने क्रम जारी छ ।

धेरैले जस्टिनले एल्भिसको जस्तो बोलेर नाटक गरेको भन्दै उनको आलोचना पनि गरेका थिए । तर सबैको प्रतिक्रिया सुनिरहेका जस्टिनले आफूले नाटक नगरेको नभई फिल्मको सुटिङका लागि गीत गाउने क्रममा आफ्नो भोकल कर्ड नै परिवर्तन भएको खुलासा गरेका छन् । 


एल्भिसले गीतमा र वास्तविक जीवनमा पनि टेनेसी उच्चारण गर्ने गरेका थिए । जस्टिनले पनि फिल्ममा सोही शैलीमा संवाददेखि गीत गाउनेसम्म गरेका छन् । तर यो गर्ने क्रममा आफ्नो भोकल कर्ड नै परिवर्तन भएको उनको जवाफ छ ।

‘म यसबाट छुटकारा पाउन खोजिरहेको छु । यस्तो किन हुन गयो भने एउटै गीतका लागि ४० टेकसम्म दिनुपरेको थियो,’उनले भनेका छन् ।
एल्भिस प्रिस्लेको जीवनीमा बनेको फिल्म ओस्कारमा पनि ८ विधामा मनोनयनमा परेको छ । 


Author

थप समाचार
x